२८१७ जनामा कोरोना संक्रमण, २८१२ जना निको भए

काठमाडौँ, २३ कात्तिक ।
पछिल्लो २४ घण्टामा मुलुकभर दुई हजार ८ सय १७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोभिड संक्रमितको संख्या एक लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।

ती मध्ये अहिले मुलुकभर ३५ हजार ४ सय १९ जना सक्रिय संक्रमित रहेको प्रेस व्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार संस्थागत आइसोलेसनमा ६ हजार २ सय २२ जना र होम आइसोलेसनमा २९ हजार १ सय ९७ जना छन् । क्‍वारेन्टाइनमा एक हजार १ सय ४९ रहेको मन्त्रायले जनाएको छ ।

आइतबार मुलुकभरबाट दुई हजार ८ सय १२ जना कोभिड संक्रमणमुक्त भएका छन् । यो सँगै एक लाख ५७ हजार ९ सय २६ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घन्टामा २१ जना कोभिड संक्रमणबाट मुत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार १ सय ८ पुगेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट