गैंडाको आक्रमणबाट महतो घाइते

देवचुली, २० कात्तिक ।
चितवन राष्ट्रिय निकुञ्ज शिसवार मध्यवर्ती उपभोक्ता समिति अन्तरगत देवचुली १७ स्थित गैंडातालमा गैंडाको आक्रमणमा परि एकजना घाइते भएका छन् । आज शुक्रबार विहान करिव ५ वजेकाे समयमा वर्ष ५० का लिखिराम महतोलाई चितवन राष्ट्रिय निकुञ्जवाट आएको गैंडाले आक्रमण गरेकाे हो ।

घर नजिकैकाे टाैवाबाट पराल निकाल्ने क्रममा उनलाई गैंडाले आक्रमण गरि घाईते वनाएको हाे । घाईते महतोकाे दुबै खुट्टा र देव्रे हातमा चोट लागेको छ ।

महतोकाे घर गैंडाकोट नगरपालिकास्थित भेडावारी भएता पनि उनी देवचुली १७ स्थित अमरबहादुर गुरौको घरमा विगत २२ वर्षदेखि कामकाजको हिसावले वसोवास गर्दै आएका छन् । पहिल्यैदेखि शारीरिक रुपमा अशक्त उनी बोल्न सक्तैनन् ।

अहिले घाइते महतोको भरतपुर अस्पतालमा उपचार भईरहेको छ ।
साेहि स्थानमा गत कात्तिक १६ गते ६५ वर्षीय जंगिलाल मुखियाकाे गैंडाकाे आक्रमणमा परि मृत्यु भएको थियाे ।

जंगलभित्र याे समयमा घाँस नहुने र ग्रामीण स्थानहरुमा व्यावसायिक पशुपालन रहेकाे र किसानहरुले लगाएकाे जौ, वर्षिमलगायतका घाँस गैंडाले मन पराउने र सहजै पाईने भएकोले यी स्थानमा गैंडाकाे विगविगी वढेकाे छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट