किन गिरफ्तार भए अर्नव गोस्वामी ?

भारत – मुम्बई प्रहरीले रिपब्लिक टिभिका प्रधान सम्पादक अर्नब गोस्वामीलाई गिरफ्तार गरेको छ। च्यानलका अनुसार प्रहरीको एक टिम बुधबार बिहानै अर्नब गोस्वामीको घर पुगेर उनलाई भ्यानमा राखेर लगेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार ५३ वर्षका एक इन्टीरियर डिजाइनरको आत्महत्या प्रकरणमा प्रहरीले अर्नब गोस्वामीलाई पक्राउ गरेको हो ।

रिपब्लिक टिभिले भने बन्द भइसकेको केसमा अर्नबलाई फेरि गिरफ्तार गरेको दाबी गरेको छ ।

मुम्बई प्रहरीले गोस्वामीलाई आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि गिरफ्तार गरेको बताइए पनि रिपब्लिक टिभिले बन्द भइसकेको उक्त केस फेरि खोलिएको दाबी गरेको हो ।

यद्यपि प्रहरीले यसबारे आधिकारिक रुपमा केही नबताएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अर्नबको गिरफ्तारी प्रकरण एक एक मराठी इन्टीरियर डिजानइर अन्वय नाइकको कथित आत्महत्यासँग जोडिएको बताइएको छ ।

२०१८ को मे महिनामा कथित आत्महत्या भन्दा पहिले उनले लेखेको एक पत्रमा अर्नब गोस्वामीले रिपब्लिक नेटवर्कको स्टूडियोको इन्टीरियर डिजाइन गराइसकेपछि भुक्तानी नदिएको आरोप लगाइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट