दिल्लीमाथि मुम्बईको दबदबा कायमै

भरतपुर, १५ कार्तिक ।

इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टी अन्तर्गत शनिबार खेलिएको पहिलो खेलमा मुम्बई इण्डियन्स विजयी भएको । उसले तालिकाको तेश्रो स्थानमा रहेको दिल्ली क्यापिटल्सलाई ९ विकेटले हराएको हो । जारी सीजनको लिगमा मुम्बईले दिल्लीलाई दोश्रो पटक पराजित गरेको हो । जीतपछि मुम्बईले दोश्रो स्थानको रोयल च्यालेन्जर्स बेंगलोरसँगको अन्तर ४ अंकमा लगेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिल्लीले दिएको १११ रनको झिनो लक्ष्य मुम्बईले १४.२ ओभरमा १ विकेट गुमाएर भेट्टायो । उसका लागि बायाँहाते ओपनर ब्याट्सम्यान इशान किशनले अविजित ७२ रनको योगदान दिए । किशनले ४७ बलमा ८ चौका र ३ छक्का प्रहार गरेका थिए । उनले म्यान अफ दि म्याच पुरस्कार समेत हात पारे । त्यस्तै क्विन्टन डि ककले २६ रन जोड्दा सूर्यकुमार यादव भने १२ रनमा नट आउट रहे । दिल्लीका तर्फबाट एक मात्र विकेट एन्रिच नोकियाले लिए ।

Photo: BCCI

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले खराब ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर ११० रन मात्रै बनाउन सकेको थियो । उसका लागि कप्तान श्रेयस अय्यरले सर्वाधिक २५ रन बनाउनु बाहेक अन्यको प्रदर्शन बिर्सनलायक रह्यो । ऋषभ पन्त २१ रनमा आउट हुँदा रविचन्द्रन अश्विन र कागिसो रबाडाले समान १२–१२ रन बटुले । दिल्लीलाई कम स्कोरमा रोक्न मुम्बईका टे«न्टे बोल्ट र जस्प्रित बुम्राहाले ३–३ विकेट लिए । यस्तै नाथन कुल्टर नाइल र राहुल चहरले १–१ विकेट चट्काउँदा बाँकी एक विकेट भने रन आउटबाट मिलेको थियो ।

जीतपछि मुम्बईले थप दुई अंक हात पारेको छ । १३ खेलमा ९ जीत र ४ हार भोगेको मुम्बई कूल १८ अंकमा तालिकाको शीर्ष स्थानमा रहेको छ । उसले लिगको अन्तिम खेलका रूपमा सनराइजर्स हैदराबादसँग खेल्न बाँकी छ । उता समान १३ खेल खेलेको दिल्लीले भने ७ मा जीत र ६ मा हार बेहोरेको छ । पछिल्ला ४ खेलमा लगातार हार बेहोरेको ऊ १४ अंकमा तालिकाको तेश्रो स्थानमा छ । दिल्लीमाथि प्ले अफ चरण पुग्न रोयल च्यालेन्जर्स बेंगलोर विरुद्धको अन्तिम लिग खेल जित्नै पर्ने दबाब बनेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट