क्यान्सर पीडित पत्रकार बस्यालको निधन

कावासोती, १४ कार्तिक ।

क्यान्सर पीडित पत्रकार राधा बस्यालको शुक्रवार निधन भएको छ । २८ वर्षको उमेरमा शुक्रवार साँझ ५ वजे आफ्नै निवास कावासोती- २ सिमलघारीमा उनको निधन भएको हो । वि.सं.२०४८ साल फागुन ९ गते जन्मेकी उनी विगत ३ वर्ष अघि स्तन क्यान्सर भई उपचार गराउँदै आएकी थिइन् ।

क्यान्सर लागेपछि उनले प्रस्तावित राधा क्यान्सर सचेतना फाउण्डेशन सञ्चालन गरी गाउँगाउँमा सचेतना अभियान थालिन् । उनले आफ्नै पहलमा यस सम्बन्धि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेकी थिइन् । उनी कावासोतीस्थित मध्यविन्दु एफएममा विगत १० वर्षदेखि कार्यरत थिइन् ।

स्वर्गीय वस्यालको शनिवार विहान अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

पत्रकार बस्यालको निधनमा दु:ख व्यक्त गर्दै नेपाल पत्रकार महासंघ पूर्वी नवलपरासी शाखाका अध्यक्ष होमराज रानाभाट, प्रेस युनियन पूर्वी नवलपरासी शाखा सभापति वीरेन्द्र पराजुली, सचिव एवम् प्रवक्ता आशिष रेग्मीलगाएत पत्रकारका विभिन्न पेशागत संघसंगठन, जिल्लाका विभिन्न सञ्चारगृहले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट