भरतपुर, १० कात्तिक ।
देशका अधिकांश क्षेत्रको मौसम सोमबार बिहानैदेखि बदली भएको छ । दिउँसोदेखि भने सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उल्लेखनीय मौसमी प्रणाली नरहेका कारण दशैँको दिन देशका अधिकांश क्षेत्रमा घमाइलो हुने मौसमविदले बताएका छन् ।
अहिले प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली भै आकाश धुम्म देखिएको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
सोमबार दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश १ र प्रदेश २ को एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
यस्तै राति देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।





