कोलकत्ताको दरिलो पुनरागमन

भरतपुर, ८ कार्तिक ।

इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टी अन्तर्गत शनिबार राति सम्पन्न पहिलो खेलमा कोलकत्ता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ५९ रनले हराएको छ । जीतसँगै कोलकत्ताले अन्तिम चारमा पुग्ने सम्भावनालाई थप बलियो बनाएको छ ।

कोलकत्ताले दिएको १९५ रनको उच्च लक्ष्य पछ्याउने क्रममा दिल्लीले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा जम्मा १३५ रन जोड्न सक्यो । उसका लागि कप्तान श्रेयस अय्यरले सर्वाधिक ४७ रनको योगदान गर्दा ऋषभ पन्तले २७ रन जोडे । रविचन्द्रन आश्विन १४ रनमा नट आउट रहँदा सिमरन हिटमेयरले १० रन मात्रै बनाउन सके । दिल्लीका अन्य खेलाडीको प्रदर्शन भने सम्झनलायकको रहन सकेन । कोलकत्ताका लागि उत्कृष्ट बलिङ गर्दै वरुण चक्रवर्तीले ५ विकेट लिँदा प्याट कमिन्स र लोकी फगुर्सनको नाममा पनि क्रमशः ३ र १ विकेट रह्यो । चक्रवर्तीले खेलमा म्यान अफ दि म्याच पुरस्कार समेत हात पारे ।

यसअघि अबु धाबीस्थित शेख जायद अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने दिल्लीको निर्णयलाई कोलकत्ताका ब्याट्सम्यानले गलत साबित गरिदिए । नितीश राणा र सुनिल नरैनको विष्फोटक ब्याटिङको मद्दतमा कोलकत्ताले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १९४ रनको योगफल तयार पार्न सफल भयो । राणाले ५३ बलमा ८१ रनको पारी खेल्दा नरैनले भने ३२ बलमा ६४ रनको पारी खेले । राणाले आफ्नो खातामा १३ चौका र १ छक्का लेखाए भने नरैनले ६ चौका र ४ छक्का प्रहार गरे । बलिङमा भने आरिच नोकिया, कागिसो रबाडा र मार्कस स्टोइनिसले समान २–२ विकेट हात पारे ।

दिल्लीलाई हराउँदै कोलकत्ताले प्रतियोगितामा आफ्नो छैटौँ जीत दर्ता गराएको छ । हालसम्म ११ खेलमा पाँच खेल गुमाएको कोलकत्ताको कूल १२ अंक रहेको छ । ऊ अंकतालिकामा चौँथो स्थान रहेको छ । ११ खेलमा ७ जीत र ४ हार बेहोरेको दिल्ली भने १४ अंकमा तालिकाको दोश्रो स्थानमा छ । दिल्लीसँगै मुम्बई र बेंगलोरको पनि समान १४–१४ अंक छ । यद्यपि दिल्लीको भन्दा उत्कृष्ट नेट रन रेट रहेको मुम्बई भने तालिकाको शीर्ष स्थानमा यथावत् छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट