मुम्बई विरुद्ध चेन्नई दबाबमा

भरतपुर, ७ कार्तिक ।

इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टीमा आज चीर प्रतिद्वन्द्वी चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्स बीच खेल हुँदैछ । खेल नेपाली समयानुसार राति ७ः४५ बजे शाहजाह मैदानमा सुरु हुँदैछ ।

जारी प्रतियोगितामा ९ मध्ये ६ खेल जितेको मुम्बई १२ अंकमा तालिकाको तेश्रो स्थानमा छ । सर्वश्रेष्ट नेट रन रेट रहेको मुम्बई आज चेन्नईलाई हराउँदै तालिकाको शीर्षस्थानमा फर्कने सुरमा हुनेछ । उता १० मध्ये जम्मा ३ खेल मात्रै जितेको चेन्नई भने ६ अंकमा तालिकाको पुच्छरमा छ । चेन्नईलाई अन्तिम चारमा रहिरहन बाँकी सबै खेल जित्नुपर्ने दबाब रहनेछ । जारी प्रतियोगितामा निकै सन्तुलित ब्याटिङ र बलिङ प्रदर्शन गरिरहेको मुम्बई चेन्नईलाई हराउँदै आफ्नो वर्चश्व कायम राख्न चाहन्छ ।

मुम्बईले जारी प्रतियोगितामा बेहोरेको ३ मध्ये २ हार सुपर ओभरमा आएका हुन् । नियमित खेलमा भने ऊ यसअघि चेन्नईसँग ५ विकेटले पराजित भएको हो । प्रतियोगिताको पहिलो खेल जीतसहित सुरु गरेको चेन्नईले त्यसयता भने खासै सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन । चेन्नईका एकमात्र फाफ डु प्लेसिसले टोलीलाई जोगाउन केही साहस देखाउने गरेपनि अन्य खेलाडीमाथि भने खेल जित्न इच्छाशक्ति नदेखाएको आरोप लाग्ने गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट