खैरहनीमा कोरोना संक्रमणबाट हालसम्म ४ जनाको मृत्यु, १४४ जना रोगमुक्त

खैरहनी, ३ कार्तिक ।

चितवनको खैरहनी नगरपालिकामा कोरोना संक्रमणका कारण हालसम्म ४ जनाको मृत्यु भएको छ । पहिलो संक्रमण देखिएयता ४ जनाको मृत्यु भएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकाका निमित्त स्वास्थ्य शाखा प्रमुख एवं सामाजिक नर्सिङ निरीक्षक पूजा गिरीका अनुसार मृत्यु हुने मध्ये ३ जना महिला र १ जना पुरुष हुन् । मृत्यु हुनेमा खैरहनी वडा नं ३, ६ र १३ का महिला रहेका छन् । यस्तै खैरहनी वडा नं १२ का मृतक भने पुरुष हुन् ।

नगरपालिकामा हाल रोगको संक्रमणबाट मुक्त हुनेको संख्या बढेको गिरीले जानकारी दिइन् । यहाँ हालसम्म कूल संक्रमित २५६ मध्ये १४४ जनाले कोरोनालार्इ जितेर घर फर्किएका छन् । नगरपालिकाका १०८ जनामा भने अझै पनि कोरोना सक्रिय रहेको छ । गिरीका अनुसार हाल ७९ जना संक्रमित होम आइसोलेसनमा, ५ जना सामुदायिक आइसोलेसनमा र २२ जना अस्पतालको आइसोलेसनमा छन् ।
खैरहनीमा जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी र स्वास्थ्यकर्मी सहित २० जनामा कोरोना संक्रमण देखिएको छ । ती सबै रोग मुक्त भइसकेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट