दोश्रो स्थानको मुम्बईसँग चौँथो स्थानको कोलकत्ता भिड्दै

भरतपुर, ३० असोज ।

इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टी क्रिकेटमा आज मुम्बई इण्डियन्स र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोलीबीचको खेल नेपाली समयानुसार राति ७ः४५ बजे अबु धाबीस्थित शेख जायद अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

डिफेन्डिङ च्याम्पियन समेत रहेको मुम्बई जारी प्रतियोगितामा १० अंकसहित लिगको अंकतालिकामा दोश्रो स्थानमा छ । उसले आफूले खेलेका ७ खेलमध्ये ५ मा जीत र २ मा हार बेहोरेको छ । यस्तै समान ७ खेलबाट ४ जीत र ३ हारसहित ८ अंक बटुलेको कोलकत्ता भने तालिकामा चौँथो स्थानमा छ । मुम्बई विरुद्धको खेल जित्दै कोलकत्ताले आफ्नो दाबेदारी प्रस्तुत गर्न चाहन्छ भने मुम्बईले फेरि पनि कोलकत्तालाई हराउँदै तालिको पहिलो स्थानमा फर्कने दाउ बनाएको छ । लिगको पहिलो चरणमा यी दुई टोलीबीच भएको भेटमा मुम्बईले ४९ रनको जीत हात पारेको थियो । मुम्बई सोही फर्मलाई आज पनि दोहो¥याउने सोचमा हुनेछ ।

जारी प्रतियोगितामा मुम्बईका अधिकांश खेलाडी लयमा देखिएका कारण उसलाई उपाधिको प्रमुख दाबेदारको रूपमा हेरिएको छ । मुम्बईसँग गहिरो ब्याटिङ लाइन अप रहेको छ जसकारण उसले नियमित जसो नै उच्च योगफल तयार पारिरहेको छ । यतिमात्र होइन तीव्र गतिका जस्प्रित बुम्राहा, टे«न्ट बोल्ट र जेम्स पेटिन्सनसँगै स्पीनरद्वय क्रुनाल पाण्डेय र राहुल चहरको प्रदर्शन पनि मुम्बईका लागि फाइदा बन्न पुगेको छ । मुम्बईका कप्तान रोहित शर्माले हालसम्म कोलकत्ताविरुद्ध कूल ९०४ रन बनाएका छन्, जुन कुनै पनि खेलाडीले एउटा आइपिएल फेन्चाइजविरुद्ध बनाएको सर्वाधिक रन हो । यस्तै हालसम्म कोलकत्ता विरुद्ध भएका २६ भेटमा मुम्बईले एकपक्षीय २०–६ को नतिजा निकालेको छ । यो आँकडाले पनि मुम्बई कोलकत्तामाथि निकै नै हावि हुनेगरेको तथ्य दर्शाउँछ ।

मुम्बई विरुद्धको खेलमा कोलकत्ताको नेतृत्व भने इयोन मोर्गनले गर्नेछन् । साबिकका कप्तान दिनेश कार्तिकले कप्तानको भूमिकाबाट पछाडि हटेसँगै मोर्गनले टोलीको कमानी सम्हाल्न लागेका हुन् । मोर्गनकै कप्तानीमा इंगल्याण्डले २०१९ को एकदिवसीय विश्वकप जितेको थियो । प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेका शुभमन गील, राहुल तिवारी, प्याट कमिन्स, लगायतका खेलाडीबाट आज पनि कोलकत्ताले आशा राखेको हुनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट