हैदराबाद विरुद्ध उत्रँदा दिल्लीलाई चोटिल खेलाडीको चिन्ता

भरतपुर, २८ असोज ।

इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टी क्रिकेटमा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ । खेल नेपाली समयानुसार राति ७ः४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

जारी प्रतियोगितामा ७ खेल खेल्दै ५ मा जीत र २ मा हार बेहोरेको दिल्ली १० अंकसहित तालिकाको दोश्रो स्थानमा छ । सातौँ स्थानको राजस्थानको भने ६ अंक छ । राजस्थानले आफूले खेलेका ७ खेलमध्ये ३ मा मात्रै जीत हात पारेको छ । यस अघि लिगको पहिलो चरणको खेलमा यी दुई टोली भेट हुँदा दिल्लीले राजस्थानलाई ४६ रनले हराएको थियो । उसले आज पनि सोही लयलाई कायम राख्ने सोच बनाएको हुनेछ । तर राम्रो प्रदर्शन गरिरहेका खेलाडीलाई चोटले समातेपछि भने दिल्ली केही चिन्तित बनेको छ । दिल्लीका पहिलो रोजाइका विकेटकिपर ऋषभ पन्त र तीव्र गतिका बलर इशान्त शर्माले चोटका कारण खेल गुमाउने भएपछि दिल्लीलाई खेलाडीको चयन गर्नमा समस्या उत्पन्न भएको छ । मुम्बई विरुद्धको पछिल्लो खेलमा दिल्लीले सिमरन हिटमेयरलाई बाहिर राख्दै उसको ठाउँमा आजिक्य राहाणे र पन्तको स्थानमा विकेटकिपर एलेक्स क्यारीलाई मैदान उतारेको थियो । चोकका कारण अमित मिश्र र इशान्त शर्माले पनि प्रतियोगिताका बाँकी खेल गुमाउने भएपछि दिल्लीलाई थप चिन्ता थपिएको हो । यद्यपि प्रतियोगितामा कप्तान श्रेयस अय्यर, ओपनर पृथ्वी शाह तथा तीव्र गतिका बलर आरिच नोकिया र कागिसो रबाडाको प्रदर्शनले भने दिल्ली केही हौसिएको छ । हैदराबादलाई पराजित गर्दै अंकतालिकाको पहिलो स्थानमा फर्कनु उसको दाउ हुनेछ ।

यता राजस्थानका उपल्लो क्रमका ब्याट्सम्यान नचलिदिँदा टोलीले खराब प्रदर्शनमा सुधार गर्न सकेको छैन । सुरुवाती दुई खेलमा राम्रो रन बनाएका कप्तान स्टिभ स्मीथ र सञ्जु सेमसनले त्यसयता ब्याटबाट राम्रो योगदान दिन सकेका छैनन् । त्यस्तै इंग्लिस विकेटकिपर जोश बटलर र अर्का विकेटकिपर ब्याट्सम्यान रोबिन उथप्पाको खेल पनि खासै लोभलाग्दो रहन सकेको छैन । राजस्थानले जितेका ३ मध्ये २ खेलमा तल्लो क्रमका ब्याट्सम्यान राहुल तेवतियाको मात्रै एकल योगदान रहेको थियो । दिल्ली विरुद्धको खेल जित्नका लागि राजस्थानका माथिल्ला क्रमका ब्याट्सम्यानहरूले पनि आफ्नो भूमिका खेल्न आवश्यक देखिन्छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट