खैरहनीमा संक्रमणमुक्त हुनेको संख्या १०० भन्दा बढी

चितवन, २८ असोज ।

चितवनको खैरहनी नगरपालिकामा कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या सक्रिय संक्रमित भन्दा केही बढी देखिएको छ । बुधबारसम्मको तथ्यांक अनुसार खैरहनीमा ११४ जना कोरोना संक्रमण मुक्त भइसकेका छन् । त्यस्तै, सक्रिय संक्रमितको संख्या १११ जना रहेको नगरपालिकाकी सामाजिक नर्सिङ निरीक्षक पूजा गिरीले बताइन् । मंगलबारसम्म कोरोना मुक्त हुनेको भन्दा सक्रिय संक्रमितको संख्या बढी थियो । खैरहनी नगरपालिकामा हाल सम्म १ हजार ३९१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकोमा २१८ जनामा कोरोना पुष्टि भएको छ ।

सक्रिय संक्रमितमध्ये ७९ जना होम आइसोलेसनमा छन् । त्यस्तै, अस्पतालको आइसोलेसन कक्षमा २५ र सामुदायिक आइसोलेसन केन्द्रमा ६ जना संक्रमित रहेको निरीक्षक गिरीले बताइन । खैरहनीमा कोरोना संक्रमणबाट हालसम्म २ जनाको मृत्यु भएको छ । यस नगरपालिकामा जेठ २६ गते पहिलो संक्रमण देखिएको थियो । यद्यपि पछिल्ला दुई महिनामा भने संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट