वाग्मती प्रदेशको दुग्ध बोर्डको उपाध्यक्षमा सापकोटा नियुक्त

हेटौंडा, २७ असोज ।

वाग्मती प्रदेशको दुग्ध विकास बोर्डको उपाध्यक्षमा टीका वल्लभ सापकोटा नियुक्त भएका छन् । वाग्मती प्रदेशको आज बसेको मन्त्रिपरिषदको बैठकले आगामी ४ वर्षका लागि काभ्रेका सापकोटालाई उपाध्यक्षमा नियुक्त गरेको हो । यसैगरी आज नै बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सुशासन नियमावली – २०७७ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।

यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गर्न र भैसे-भीमफेदी सडक आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा निर्धारण गर्न नेपाल सरकारलाई सिफारीस गर्ने निर्णय गरेको प्रवक्ता तथा मन्त्री ढुंगेलले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट