हैदराबाद विरुद्ध चेन्नई बदला लिने दाउमा

भरतपुर, २७ असोज ।

इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टीमा आजबाट दोश्रो चरणका खेल सुरु हुँदैछन् । प्रतियोगितामा समावेश भएका ८ फ्रेन्चाइज टिमले एकअर्का विरुद्ध एकएक पटक खेलेसँगै पहिलो चरणको अन्त्य भएको हो । दोश्रो चरणमा ती टिम फेरि एक पटक आमनेसामने हुनेछन् ।

आइपिएलमा आज चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादको सामना गर्नेछ । यी दुई टोलीबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयानुसार राति ७ः४५ बजे सुरु हुनेछ । प्रतियोगितामा ७ खेल खेलेको हैदराबादले ३ खेलमा जीत र ४ मा हारको नतिजा निकालेको छ । ऊ ६ अंकसहित तालिकाको पाँचौँ स्थानमा छ । यता चेन्नईले भने आफूले खेलेका ७ मध्ये २ खेलमा मात्रै जीत चाख्न पाएको छ । उसको जम्मा ४ अंक छ र ऊ तालिकाको सातौँ स्थानमा छ ।

आफूले खेलेका ११ आइपिएल संस्करणमध्ये सबैमा चेन्नईले प्लेअफको यात्रा तय गरेको छ । तर यस सीजनमा खराब प्रदर्शन गरिरहेको चेन्नईको प्लेअफ यात्रा थप कठिन बनेको छ । प्ले अफसम्म पुग्न चेन्नईले अब खेल्ने ७ मध्ये न्यूनतम ५ खेल जित्नुपर्ने हुनसक्छ । जारी प्रतियोगिताको पहिलो चरणको खेलमा हैदराबादसँग ७ रनले हार्न पुगेको चेन्नईले आज भने हैदराबादलाई पाखा लगाउने सोच बनाउनेछ । जबकि हैदराबादले भने सोही लयलाई आज पनि कायम राख्ने तयारी गरेको हुनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट