चितवनमा संक्रमणमुक्त हुनेको संख्यामा वृद्धि

भरतपुर, २६ असोज ।

चितवनमा कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या बढ्दै गएको छ । जिल्लामा हालसम्म २ हजार ७६४ जनामा कोरोना भाइरसको संक्रमण हुँदा १ हजार ६३२ जना भने निको भइसकेका छन् । यो कूल संक्रमितको करिब ५९ प्रतिशत हुन आउँछ । भरतपुर अस्पतालले पछिल्लो पटक सार्वजनिक गरेको सिचुएसन रिपोर्ट अनुसार जिल्लामा हाल १ हजार ९७ जना सक्रिय संक्रमित रहेका छन् । यो कुल संक्रमितको ४० प्रतिशत हुन आउँछ । कोरोनाकै कारण मृत्यु हुनेको संख्या भने ३५ रहेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए । कोरोना संक्रमण देखिए पछि हालसम्म चितवनमा ३३ हजार ९२० जनाको स्वाब परिक्षण गरिएको छ ।

भरतपुर अस्पतालबाट स्वाब लिइएका मध्ये ४०३ जनामा कोरोना पुष्टि भएकोमा हाल ५५ जना आइसोलेसनमा रहेको सूचना अधिकारी पौडेलले जानकारी दिए । सो अस्पतालमा स्वाबको परीक्षण गराउँदा संक्रमण पुष्टि भएका मध्ये ३२६ जना निको भइसकेका छन् । भरतपुर अस्पतालमा मात्र कोरोनाको कारण ज्यान गुमाउनेको संख्या भने २२ रहेको छ । स्थानीय तहअनुसार भरतपुर महानगरपालिकामा सबै भन्दा धेरै संक्रमित छन् । भरतपुरमा १ हजार ८२३ जना, रत्ननगर नगरपालिकामा ३८८ जना, खैरहनी नगरपालिकामा २०७ जना र राप्ती नगरपालिकामा १७६ जनामा संक्रमण देखिएको छ । त्यस्तै कालिका नगरपालिकामा ८६, माडी नगरपालिकामा ६७ र इच्छाकामना गाउँपालिकामा १७ जना संक्रमित भेटिएका छन् ।

Bharatpur Hospital

Bharatpur Hospital, Bharatpur, Nepal. 24,737 likes · 1,444 talking about this · 13,028 were here. चितवन र यस वरपरका १२ जिल्लाका बिरामीहरुको उपचार गराउने केन्द्रका रुपमा भरतपुर अस्पताल रहेको छ

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट