देब आदर्श सहकारीले जनप्रतिनिधीलाई ग¥यो सम्मान

भरतपुर,२० असार ।
देब आदर्श बचत तथा ऋण सहकारी संस्था लि गीतानगरले शनिवार स्थानीय निर्वाचनमा निर्वाचित आफ्ना शेयर सदस्यहरुलाई सम्मान गरेको छ । संस्थाका अध्यक्ष राजेन्द्र प्रसाद कोइरालाको सभापतित्व, नेपाली कांग्रेस चितवनका सचिब एंव संस्थाका सल्लाहकार राजीब न्यौपाने प्रमुख अतिथी, संस्थाका संस्थापक अध्यक्ष ध्रुबराज मिश्र, संस्थाका सल्लाहकार डोलनाथ अधिकारी, सीता कुमारी अधिकारी, नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रिय सदस्य डोल नारायाण श्रेष्ठ अतिथी रहेको सो कार्यक्रममा भरतपुर महानगर पालिका वार्ड नंम्बर ४ का निर्वाचित वार्ड अध्यक्ष एंव संस्थाका सल्लाहकार हरिबिलास कोइराला, सोही वार्डका वार्ड सदस्यहरु एंव शेयर सदस्यहरु देबमित्र पण्डित, शर्मिला परियार, संस्थाका पुर्व सल्लाहकार बाबुराम न्यौपाने, शेयर सदस्य आईतीमाया राना, शेयर सदस्य अनोज न्यौपानेका बुबा एंव भरतपुर महानगर पालिका वार्ड नं.१३ का निर्वाचित वार्ड सदस्य गजराज न्यौपाने र संस्थाका कोषाध्यक्ष एंव भरतपुर महामनगर पालिका वार्ड नं. १४ का वार्ड सदस्य प्रकाश गुरुड.लाई सम्मान गरिएको थियो ।
संस्थाको सो कार्यक्रममा संस्थाका सह–सचिब रमेश प्रसाद कोइरालाले स्वागत मन्तब्य दिनु भएको थियो सम्मानित व्यक्तित्व प्रकाश गुरुड. र हरि विलास कोइरलाले मन्तब्य राख्नु भएको र कार्यक्रम संस्थाका सचिब विष्णु प्रसाद शर्माले सञ्चालन गर्नु भएको कार्यक्रममा संस्थाका पदाधिकारी, विभिन्न समिति तथा उपसमितिका पदाधिकारी एंव शेयर सदस्यहरुको उपस्थिती रहेको जानकारी संस्थाका संस्थापक अध्यक्ष ध्रुबराज मिश्रले दिनु भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट