जबर्जस्ती करणी गर्ने एकजना पक्राउ

२० असार । लमजुङमा १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

सुस्त र अपाङ्गता भएकी १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा नुवाकोटका २९ वर्षीय रेशम तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तामाङले बेँसीसहर–१ मा बस्दै आएकी बालिकालाई सोमबार बिहान जबर्जस्ती करणी गरेका हुन् ।

घटनास्थलबाटै पक्राउमा परेका तामाङले जबर्जस्ती करणी गरेको स्वीकार गरेको प्रहरी नायब उपरीक्षक समिरचन्द्र खरेलले बताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रनाउ खरेलले बताउनुभयो । रासस

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट