चितवनको विकासबारे जूम अन्तरक्रिया गरिँदै

भरतपुर, ३२ जेठ
चितवनको आर्थिक विकासका बारेमा आज जूम मिटिङ गरिँदैछ । अर्थशास्त्री तथा अर्थविज्ञहरु सहभागी हुने जूम अन्तरक्रिया आज दिउँसो १ बजे गरिँदैछ ।

चितवन–काठमाडौं प्रजातान्त्रिक संगमले आयोजना गरेको ‘चितवनको दिगो विकासमा वर्तमान बजेटको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ताका रुपमा युवा अर्थशास्त्री डा. विश्व पौडेल सहभागी हुँदैछन् ।

त्यस्तै सोही क्रममा ‘सवल कांग्रेसका लागि स्वाभिमानी युवा आजको आवश्यकता’ विषयमा पनि अन्तरक्रिया गरिने चितवन–काठमाडौं प्रजातान्त्रिक संगमका अध्यक्ष डा. खेमराज भेटुवालले जानकारी दिए । उक्त अन्तरक्रियामा भने प्रमुख वक्ताका रुपमा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता एनपी साउद उपस्थित हुनेछन् ।

डा. भेटुवालले दुवै अन्तरक्रियामा सहभागी हुन सबै चितवनबासी युवा तथा अर्थतन्त्र र विकासमा चासो दिनेहरुलाई आह्वान गरेका छन् ।

प्रत्यक्ष जूम मिटिङमा सहभागी हुनको लागि तलको लिंकमा गएर जोडिन सकिन्छ ।
Join Zoom Meeting
https://nren.zoom.us/j/9368874749
#Meeting_ID: 936 887 4749
No Password

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट