भरतपुर, ३१ जेठ
नेपालमा काेराेनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ ।
पर्सामा गएकाे बिहीबार ज्यान गुमाएका बेबारिसे मृतककाे शवमा र हिजो ज्यान गुमाएका बाराको निजगढका पाँच वर्षीय बालकमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै आज दुई सय ७३ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा दुई सय ७३ जना कोरोनाका नयाँ बिरामी थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या पाँच हजार तीन सय ३५ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज ३६ जना डिस्जार्च भएसँगै कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या नाै सय १३ पुगेको छ ।





