राष्ट्रिय अखण्डताका लागि हामी एक छौंः देउवा

काठमाडौं, ३१ जेठ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन विधेयकमा पूर्ण समर्थन रहेको बताएका छन्।

लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको अद्यावधिक नक्सा संविधानको निशान छापमा राख्न गरिएको संविधान संशोधन विधेयकमा कांग्रेसको पूर्ण समर्थन रहेको उनले बताए।

प्रतिनिधिसभा संसदमा शनिबार देउवाले केन्द्रीय समितिले नै संशोधन प्रस्तावमा समर्थन गर्ने निर्णय गरिसकेकोले भूमि फिर्ता लिने कुरामा समर्थन रहेको बताएका हुन्।

‘संविधान संशोधनमा पूर्ण समर्थन छ,’ उनले भने, ‘भूमि फिर्ता ल्याउन विपक्षी दलको हैसियतले सहयोग रहन्छ।’

काली नदी पूर्व नेपाली भूमि रहेको देउवाले बताए। उनले सबै दल एक ठाउँमा उभिनुलाई राष्ट्रिय हितका लागि राम्रो हुने पनि बताए।

उनले संविधान संशोधनमा छिटोभन्दा छिटो मतदान चाहेको पनि उल्लेख गरे।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट