भरतपुर, ३० जेठ
आज मुलुकभर कोरोना भाइरसका ४४८ जना नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएका ५ हजार ९ सय ५९ पीसीआर परीक्षणमध्ये ती व्यक्तिहरुमा भाइरस संक्रमण पोजिटिभ रहेको फेला परेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीअनुसार अब देशभर कोरोना भाइरसका जम्मा संक्रमितको संख्या ५ हजार ६२ पुगेका छन् ।
देशभरबाट पछिल्लो २४ घण्टामा थप १६ जना डिस्चार्ज भएपछि कूल डिस्चार्ज हुनेको संख्या ८७७ पुगेको छ ।





