भरतपुर, २९ जेठ
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायलले पछिल्लो २४ घण्टामा मुलुकभर २ सय ५० जनामा कोरोना भाइरस पोजिटिभ देखिएको जनाएको छ । यो अवधिमा गरिएका ५ हजार १ सय ९४ पीसीआर परीक्षणमा यति पोजिटिभ फेला परेका हुन् ।
योसँगै हालसम्म नेपालभर पोजिटिभ देखिएका व्यक्तिहरुको संख्या ४ हजार ६ सय १४ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीअनुसार आज देशभर थपिएका कोरोना संक्रमितको जिल्लागत विवरण यस प्रकार छ :
सुनसरी ३
रौतहट ५७
बारा ७
धादिङ७
सर्लाही ४
सप्तरी ९
महोत्तरी ४
झापा ३
दाङ ८
रोल्पा १४
बाँके १३
दैलेख ४८
सुर्खेत ७
कपिलवस्तु २
प्युठान ४
रुपन्देही २९
कैलाली ७
बाजुरा १८
बझाङ २
नवलपरासी (पश्चिम) ६
कूल नयाँ संक्रमित २५०
कूल संक्रमित ४,६१४
क्वारेन्टिनमा रहेका कूल संख्या १,६२,०१३
आइसोलेसनमा रहेका कूल संख्या ३,७३८
नयाँ कूल डिस्चार्ज १८७
अहिलेसम्मको कूल डिस्चार्ज ८६१
प्रदेशगत संक्रमित विवरण
प्रदेश १ (१३ जिल्ला) : ३०७
प्रदेश २ (८ जिल्ला) : १,६७१
प्रदेश बागमती (१२ जिल्ला) : १४७
प्रदेश गण्डकी (९ जिल्ला) : १४७
प्रदेश ५ (१२ जिल्ला) : १,३९९
प्रदेश कर्णाली (९ जिल्ला) : ७५९
प्रदेश सुदूरपश्चिम (९ जिल्ला) :१९२





