भरतपुर, २८ जेठ
आज मुलुकभर कोरोना भाइरसका २७९ जना नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएका पीसीआर परीक्षणमध्ये ती व्यक्तिहरुमा भाइरस संक्रमण पोजिटिभ रहेको फेला परेको हो ।
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४१४ पीसीआर परीक्षण गरिएका थिए । हालसम्म देशभर १ लाख १० हजार ७४४ पीसीआर परीक्षण गरिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीअनुसार अब देशभर कोरोना भाइरसका जम्मा संक्रमितको संख्या ४ हजार ३६४ पुगेका छन् ।
पछिल्लो २४ घण्टामा ९० जना संक्रमित कोरोना निको भएपछि घर फर्किएका छन् । योसँगै देशभरबाट कोरोना जित्नेहरुको कूल संख्या ६७४ पुगेको छ । जसमध्ये ७९ महिला छन् ।
देशभर क्वारेन्टिनमा १ लाख ७२ हजार २६६ जना रहेका छन् भने आइसोलेसनमा ३ हजार ६७५ हजार जना उपचाररत छन् ।





