भरतपुर, २८ जेठ
भरतपुर महानगरपालिकामा कोरोना संक्रमण देखिएका सबै वडाहरुले आंशिकरुपमा सिल गरिरहेका छन् ।
आज मात्रै एकजना संक्रमित फेला परेको भरतपुर महानगरपालिका वडा नम्बर ५ मा पनि अत्यावश्यकबाहेकका सबै सेवा तथा पसल बन्द गरिएका छन् ।
आज बसेको विपद् व्यवस्थापन समितिले गरेको निर्णय भन्दै वडाध्यक्ष पदमपाणी सुवेदीले जारी गरेको सूचनामा दुग्धजन्य पदार्थ, स्वास्थ्य सेवा, औषधि पसल, भेटेरिनरी र पशु आहार (दाना चोकर)बाहेकका सबै सेवा तथा पसलहरु बन्द गर्न अनुरोध गरिएको छ ।
यो निर्णय आगामी जेठ ३२ गतेसम्म लागू हुने वडाको सूचनामा उल्लेख छ ।
वडा नम्बर ५ मा पछिल्लोपटक गरिएको स्वाब परीक्षणमा भरतपुर–५ का युवामा कोरोना भाइरस संक्रमण देखिएको छ । उनी भारतबाट आएर क्वारेन्टिन बसिरहेका थिए ।
वडाको सूचना






