क्वारेन्टाइनतर्फ मान्छे लिएर जाँदै गरेको टिपर कर्णालीमा खस्यो, ३२ जना बेपत्ता

कालीकोट, २८ जेठ

कालीकोटको लालीघाट नजिकै जिते बजारबाट यात्रु लिएर रासकोटतर्फ जाँदै गरेको टिपर आज बिहान साढे १० बजे कर्णालीमा खसेको छ । रासकोट नरपालिकामा रहेको क्वारेन्टाइनमा मानिसहरु पुर्‍याउन गएको टिपरमा सवारमध्ये ३२ जना नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएपसी श्यामबाबु ओलियाले बताए ।

 

उनका अनुसार जितेबजारको पारीपट्टी कर्णाली र तिला नदीको संगमस्थलमा टिपर खसेको हो । नदीमा हराएकाको खोजी कार्य जारी रहेको पनि उनले बताए । उनले टिपरमा रहेका मानिसहरु भारतबाट आएका हुनसक्ने पनि बताए । (ईकान्तिपुर डटकमबाट लिइएको)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट