क्वारेन्टिन लापरबाहीले होइन, परिस्थितिले अव्यवस्थित देखिएका हुन्ः प्रधानमन्त्री

भरतपुर, २८ जेठ
प्रधानमन्त्री केपी शर्मा ओलीले देशका क्वारेन्टिनमा देखिएको अव्यवस्था सरकारको लापरबाहीका कारण भएको नभई परिस्थितिले भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सांसद्हरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय विपद् भएकाले भएका स्रोतसाधनले धान्न नसकेको बताए ।

उनले हाल देशभरका ३ हजार ७ सय ६७ क्वारेन्टिनका २ लाख ३५ हजार ५ सय ९६ बेडमा १ लाख ६५ हजा ७ सय ७५ व्यक्ति रहेको उनले जानकारी दिए । विदेशबाट आउनेको संख्याको आधारमा आवश्यक बेड थप्दै जाने उनले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट