हरहिसाब सबै आउँछ, भ्रष्टाचार रहेछ भने सहन्नः प्रधानमन्त्री

भरतपुर, २८ जेठ
प्रधानमन्त्री केपी शर्मा ओलीले दश अर्ब खर्चको सबै हरहिसाब प्रक्रियाअनुसार आउने भएकोले ढुक्क हुन सबै सांसद्हरुलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा सांसद्हरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचार भएको छ भनेर चिन्ता लिनुपर्ने अवस्था नभएको जिकिर गरे । “कहीँकतै भ्रष्टाचार र अनियमितता भएको पनि हुनसक्छ, तर भएकै छ भनेर चिन्ता लिनुपर्ने पनि देख्दिनँ”, उनले भने, “राष्ट्रिय आपतको बेलामा पनि कसैले भ्रष्टाचार गर्छ भने त्यो सह्य हुँदैन ।”

उनले प्रदेश र स्थानीय तहलाई संघीय सरकारले निश्चित प्रक्रियाबाट पैसा पठाएको भन्दै लेखापरीक्षणमा सबै हरहिसाब आउने भएकोले जेमा पनि भ्रष्टाचार भयो नभन्न आग्रह गरे । उनले विपद्को बेला संक्रमणसँग लडेर रातदिन खटिएर काम गरिरहेका सबैलाई सम्मान व्यक्त गर्नुपर्ने बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट