नेपालका नयाँ नक्सा कायम गर्ने गरी संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित

भरतपुर, २७ जेठ
कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर जारी गरिएको नक्साअनुसार संविधानको अनुसुची ३ मा रहेको निशान छाप संशोधन गर्नका लागि संसदमा पेश गरिएको दोस्रो सशोधन विधेयक सर्वसम्मतिले पारित भएको छ ।

कानूनमन्त्री शिवमाया तुङबाहाम्फेले प्रस्ताव संसद्मा पेश गरेकी थिइन् । आज बेलुकि ८ः३५ बजे संसद्मा निर्णयार्थ प्रस्तुत गरिएको थियो । त्यसमा संशोधनको पक्षमा शतप्रतिशतले ध्वनी मत जाहेर गरे । संशोधन गर्न हँुदैन भन्नेमा कसैको पनि आवाज सुनिएन । त्यसपछि सभामुख अग्नीप्रसाद सापकोटाले विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरे ।

नेपालको संविधान संशोधन प्रस्तावमा संघीय संसदमा सबै दलले समर्थन जनाएका छन् । उक्त विधेयकमा समर्थन जनाउँदै सबै दलका सांसदले अब भूमि फिर्ता ल्याउनका लागि कूटनीतिक पहल गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट