कोरोना संक्रमणबाट मृत्यु हुनेको शव जंगलमा गाडेर अन्त्यष्टी

भरतपुर, २७ जेठ

कोरोना संक्रमण पछि मृत्यु भएका भरतपुरका पुरुषको बागेश्वरी सामुदायिक वनमा अन्त्यष्टी गरिएको छ ।

बागेश्वरी सामुदायिक वन भित्र उनको धार्मिक परम्पराअनुसार अन्त्यष्टी गरिएको हो । उनको शवलाई जमिनमा गाडेर अन्यष्टी गरिएको हो ।

नेपाली सेनाको कालिबहादुर गणमा कार्यरत सैनिकहरुको टोलीले भरतपुर अस्पतालको आइसीयूमा रहेको शवलाई उक्त स्थानमा लगेर अन्त्यष्टी गरिएको हो ।

हिजो नारायणी सामुदायिक अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमण पुष्टि भएका ती व्यक्तिलाई साँझ भरतपुर अस्पताल पुर्याइएको थियो । उनको आज विहान मृत्यु भएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट