मनकामना अस्पतालले भन्यो–‘संक्रमित नर्स हाम्रो अस्पतालकी होइन’
भरतपुर, २६ जेठ
चितवनमा आज देखिएको कोरोना संक्रमणपछि कन्ट्याक्ट ट्रेसिङ निकै अप्ठ्यारो हुने देखिएको छ ।
चितवनका २० जनामा कोरोना देखिएकोमध्ये ३ जना स्वास्थ्यकर्मी छन् । त्यसमध्ये एक चिकित्सक नारायणी सामुदायिकमा कार्यरत फिजिसियन रहेको खुलेको छ । अर्का एक चिकित्सक भरखरै एमबीबीएस सकेर इन्टर्न गर्दै गरेका छन् ।
इन्टर्न गर्दै गरेका चिकित्सक शुक्रबार स्वाब दिएर आइतबार नै काठमाडौं गएको बुझिएको छ । तर, एकजना नर्स कुन अस्पतालको हो भन्ने अहिलेसम्म पनि एकिन गर्न सकिएको छैन ।
अपराह्न भरतपुर–४ घर भएकी ती नर्स मनकामना अस्पतालमा कार्यरत भनी विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशन प्रसारण गरेका थिए । ती सञ्चारमाध्यमले भरतपुर अस्पतालका काेभिड संयाेजक डा. प्रमाेद पाैडेलले जानकारी दिएकाे उल्लेख गरेका थिए ।
तर, बेलुकि मनकामना अस्पताल प्रशासनको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा ती नर्स जेठ ४ गतेबाट नै काम छोडेर गइसकेको भनिएको छ ।
यो विज्ञप्तिसँगै उनी कुन अस्पतालमा कार्यरत रहेको भन्ने अन्योल भएको छ । भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले मनकामना अस्पतालले जेठ ४ बाट जागिरमा नरहेको जानकारी गराएको बताए ।
अरु संक्रमितको पनि वास्तविक ठेगाना, ट्राभल हिस्ट्री पत्ता लगाएर कन्ट्याक्ट ट्रेसिङ गर्न उस्तै गाह्रो भएको बताइएको छ । आज दिउँसो भरतपुर–२१ का भनिएका संक्रमित पछि भरतपुर–२२ का रहेको भनियो ।
आज बेलुकिसम्म संक्रमितलाई भरतपुर ल्याउनैमा हैरानी खेपेका कारण थप कन्ट्याक्ट ट्रेसिङ भोलि गर्ने बताइएको छ ।
मनकामना अस्पताल प्रशासनको प्रेस विज्ञप्तिमा






