चितवनमा आज एकै दिनमा २३ जनामा कोरोना संक्रमण पुष्टि, २ जना स्वास्थ्यकर्मीमा पनि संक्रमण

भरतपुर, २६ जेठ

चितवनको भरतपुरस्थित कोभिड-१९ परीक्षण प्रयोगशालामा नमूना परीक्षण गरिएका २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालले दिएको जानकारी अनुसार यी मध्ये १७ जना चितवनका हुन् । चितवनका २ जना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको छ । दुवै जना निजी अस्पतालमा कार्यरत चिकित्सक रहेको बुझिएको छ ।

५ जना नवलपुर र १ जना धादिङका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवनमा पुष्टि भएका मध्ये माडीका क्वारेन्टिनका ६, भरतपुर महानगरका क्वारेन्टिनका ४, नारायणी सामुदायिक अस्पतालको आइसीयूमा उपचाररत १ जना, पुरानो मेडिकल कलेजका २, क्यान्सर अस्पतालका १ र भरतपुर अस्पतालबाट स्वाब लिइएका २ जना र भरतपुर-४ की एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भरतपुर महानगरपालिकाको वडा नम्बर ६ र २१ मा रहेको क्वारेन्टिनमा रहेका २/२ जनामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीले बताए ।

चितवनमा यसअघि ११ जनामा करोना संक्रमण पुष्टि भएकोमा ३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट