नारायणगढका सडक छेउ सफाइ सुरू

लेखराम सापकोटा

भरतपुर, २५ जेठ

नारायणगढ बजारको सडक किनार तथा ढल सफाइले तीव्रता पाएको छ । लकडाउनका कारण सडक सफाइको गतिविधि बन्द हुँदा नारायणगढको सडक फोहोर देखिनुका साथै घाँसे मैदान जस्तै बनेको थियो । कायाकैरन डटकमकले यसबारेमा पटकपटक समाचार प्रकाशन गरिरहेको थियो ।

अहिले सडक किनारको सफाइ सँगसँगै बजारभरीको ढल सफाइ गर्ने कार्य एकैपटक अगाडि बढाइएको छ । सडक किनारमा उम्रेका घाँस, जथाभावी फालिएका फोहोर सँगसँगै सडकको दुबै किनारका ढलहरू सरसफाइ थालिएको छ ।

गत चैत ११ गतेदेखि लकडाउन आह्वान भएपछि बजार क्षेत्रको सरसफाइ पनि रोकिएको थियो । अत्यावश्यक सेवाअन्तर्गतका व्यवसायीले आफ्नो पसलबाट निस्कने फोहोर सोझै सडक छेउमा मिल्काउँथे ।

हावाहुरीका कारण पनि उडेर आउने फोहोर सडकभरी हुन्थ्यो । जसले गर्दा पछिल्लोसमय नारायणगढ बजारको सुन्दरतामा ह्रास आएको थियो । बजारको सरसफाइ थालिएपछि नारायणगढबासी खुसी देखिएका छन् ।

साथै बजारका बिग्रे भत्केका सडकपेटीको मर्मत कार्य पनि भैरहेको छ । आनन्दमार्ग, बेल्चोक, लायन्सचोक, बालकुमारी कलेज रोड, न्यूरोडलगायतका क्षेत्रमा अहिले धमाधम काम भैरहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट