नयाँ संक्रमित २१३ जना, जम्मा कोरोना संक्रमित ३४४८ जना

भरतपुर, २५ जेठ
आज मुलुकभर कोरोना भाइरसका २१३ जना नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमध्ये ती व्यक्तिहरुमा भाइरस संक्रमण पोजिटिभ रहेको फेला परेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सहसचिव डा. विकास देवकोटाले दिएको जानकारीअनुसार अब देशभर कोरोना भाइरसका जम्मा संक्रमितको संख्या ३ हजार ४४८ पुगेका छन् ।

हालसम्म नेपालमा ९६ हजार २०५ जनाको पीसीआर र १ लाख ४५ हजार ४९ जनाको आरडीटी परीक्षण गरिएका छन् । त्यसमध्ये पछिल्लो २४ घण्टामा ३ हजार ७ सय २८ जनाको पीसीआर र ७ हजार ६ सय १४ जनाको आरडीटी परीक्षण गरिएका छन् ।

देशभर हालसम्म कोरोना भाइरसमुक्त भएर ४६७ जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा थप १०२ जना डिस्चार्ज भएको डा. देवकोटाले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट