चितवनको विकास निर्माणमा जिससको चासो, पालिकाहरुको अनुगमन 

भरतपुर, २१ जेठ

चितवन जिल्ला भित्र सञ्चालित विकास निर्माणको जिल्ला समन्वय समितिले अनुगमन सुरु गरेको छ । आर्थिक वर्षको अन्त्य तिर विकास निर्माणका योजनाहरु तीव्र रुपमा संचालन हुँदा समन्वय समितिले अनुगमनलाई प्राथमिकता दिएको हो । लकडाउन भएपनि अहिले जिल्ला भित्र आयोजनाका कामहरु धमाधम भइरहेका छन् ।

संघीय सरकार, प्रदेश सरकार, जिल्ला समन्वय समितिमार्फत विनियोजित वजेटका योजनाहरुको प्रगति विवरण वुझ्न अनुगमन गरिएको जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटीले बताए । जिसस प्रमुख डल्लाकोटी र उपप्रमुख मुनाकुमारी श्रेष्ठको नेतृत्वमा दुई समूहबाट जिल्लाका पालिकाहरुमा भइरहेका योजनाहरुको अनुगमन गरिएको हो । बुधवार जिसस प्रमुख डल्लाकोटी नेतृत्वको टोली माडी नगरपालिका र जिसस उपप्रमुख श्रेष्ठको नेतृत्वमा राप्ती नगरपालिका भित्र सञ्चालित योजनाहरुको अनुगमन गरेको थियो ।

माडीमा चेपाङ वस्ती, सोमेश्वर गढी जाने बाटो, नगरपालिका भवन, साूुहिक खेतीसहित क्वारेन्टिनको समेत अनुगमन गरिएको डल्लाकोटीले बताए । डल्लाकोटीको टोलीमा माडीका मेयर ठाकुर ढकाल, उपमेयर ताराकाजी महतो, जिसस समन्वय अधिकारी चुडामडी शर्मा गौतमलगायत वडाध्यक्षहरु सहभागी थिए । त्यस क्रममा करिव २० वटा योजना प्राविधिक सहतिको उपस्थितीमा अनुगमन गरिएको थियो ।

यता राप्ती नगरपालिकामा झण्डै एक दर्जन योजनाहरुको अनुगमन गरिएको छ । नगरपालिकाको वडा नम्वर १, २, ४, ५, ७, ८, ९ र १० नम्वर वडाका योजनाहरु अनुगमन गरिएको हो । जिसस उपप्रमुख श्रेष्ठको टोलीले राप्ती नगरपालिकाको निर्माणाधिन भवन, भण्डारा अस्पताल, पानीसरा ढाप, स्वामीटार माविको छात्रावास, मगर समाजको भवन, डुम्रीघोल ताल, अर्गानिक मल उत्पादन केन्द्रलगायतको अनुगमन गरिएको थियो ।

श्रेष्ठको टोलीमा राप्ती नगरपालिका मेयर प्रभा बराल, उपमेयर इमानसिंह लामा, प्रमुख प्रशासकीय अधिकृत गंगावहादुर भुजेल, जिसस सदस्यहरु कृष्ण प्रसाद अधिकारी, गुनु विक, जिसस शाखा अधिकृत वद्रीनाथ सापकोटासहित प्राविधिक सहभागी थिए । राप्तीमा संघीय सरकार र प्रदेश सरकारबाट विनियोजित ५० लाखका योजनाहरु सम्झौता भएर प्रक्रिया अघि वढेको पाईएको जिसस उपप्रमुख श्रेष्ठले बताईन् । जिसस टोलीले जिल्लाका सात वटै पालिका भित्र भएका योजनाहरुको अनुगमन गरी प्रतिवेदन तयार पार्ने छ ।

अनुगमन पश्चात यहाँका सरोकारवाहरुसंग समिक्षागरी प्रतिवेदन प्रधानमन्त्री कार्यालय,संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय,प्रदेश सरकार समक्ष पेश गरिने जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटीले बताए । जिल्ला समन्वय समितलाई   संघीय, प्रदेश,स्थानीय सरकार र जिल्ला समन्वय समितिमार्फत विनियोजित योजनाहरुको अनुगमन गर्ने, सरकारी कार्यालयहरुसँग समन्वय र सहजीकरण गर्ने अधिकार दिइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट