भरतपुर, २१ जेठ
नेपाल बसोबासबस्ती संरक्षण समाज चितवनले रुकुममा भएको हत्याकाण्डप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
समाजका अध्यक्ष छविलाल देवकोटा तथा नेपाल बसोबासबस्ती युवा सञ्जाल र नेपाल बसोबासबस्ती महिला सञ्जालले संयुक्त विज्ञप्ती जारी गर्दै भेरी नगरपालिका–४ बस्ने नवराज विकसहितका युवाको जातीयताको आधारमा हत्या भएको भन्दै घटनाको भत्सर्ना गरेका छन् ।
विज्ञप्तिमा दोषीलाई कडा कारबाही गर्न र जातीय विभेद सदाका लागि अन्त्य गर्न माग गरिएको छ । समाजले अन्याय, अत्याचार र सबैखाले असमानताको विरुद्ध एवम् दलित आन्दोलनमा एक्यबद्धता रहेको उल्लेख गरेको छ ।





