भरतपुर, २० जेठ
नेपालमा पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये १ हजार ९ सय ४९ जना पुरुष र १ सय ५० जना महिला छन् । नेपालमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार अहिलेसम्म देशभरमा २ हजार ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये २६६ जना उपचारपछि घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ४५ जना डिस्चार्ज भएको मन्त्रालयका प्रबक्ता डा.विकास देवकोटाले जानकारी दिए ।
अहिले देशभरका क्वारेन्टिनहरुमा करिब १ लाख ५० जना रहेको देवकोटाले जानकारी दिए ।





