भरतपुर, १८ जेठ
भरतपुर-७ स्थित प्रेमवस्ती माविमा क्वारेन्टिन तयार पारिएको छ । पहिलो चरणमा १० जना राख्न मिल्ने गरि व्यवस्थापन गरिएको उज्वल टोलका अध्यक्ष रामचन्द्र चालिसेले बताए ।

क्वारेन्टिनको प्रदेश सांसद मिलनबाबु श्रेष्ठ सहितको टोलिले अवलोकन गरेको छ । वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले छिट्टै थप १५ वेड तयार गरिने बताए । वडाभित्रका व्यक्ति विदेशबाट आएमा उनिहरुलाइ व्यवस्थापन गर्न क्वारेन्टाइन तयार पारिएको हो ।

वडा कार्यालयले कृष्णपुर स्थित विद्यालयमा समेत क्वारेन्टिन तयार गरेको छ । यो वडामा १७ टोल विकास संस्था छन् ।






