भरतपुर अस्पतालबाट कोरोना जितेर घर फर्किइन् गर्भवती महिला

भरतपुर, १८ जेठ
चितवनको भरतपुर अस्पतालमा उपचार गराएकी कोरोना संक्रमित गर्भवती महिला डिस्चार्ज भएकी छन् । हेटौंडा घर भएकी २५ वर्षीया गर्भवती महिला कोरोना संक्रमण पुष्टि भएको तेस्रो दिनमै संक्रमण मुक्त भएको अस्पतालले जनाएको छ । उनलाई अस्पतालले एक कार्यक्रमगरी विदाई गरेको छ ।

फोटो-जयराम पाठक

हेटौंडाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशालाले गत जेठ १४ गते ती महिलामा संक्रमण पुष्टि भएको जनाएको थियो । उनको जाँच जेठ १० गते भए पनि संक्रमण पुष्टि भने प्रयोशालाले जेठ १४ गते मात्रै गरेको थियो । सोही आधारमा एक साता मानेर शनिबार स्वाब लिएर दुईपटक कोरोना परीक्षण गरिएको थियो ।

फोटो-जयराम पाठक

भरतपुर कोभिड–१९ प्रयोगशालामा शनिबार दुई पटकसम्म गरिएको आरटी पीसीआर परीक्षणमा रिर्पोट नेगेटिभ आएपछि उनी कोरोनामुक्त भएकी हुन् । हेटौंडा उपमहानगरपालिका वडा नं. १ की ती महिला पाँच महिनाकी गर्भवती छिन् ।

जेठ ९ गते चितवनबाट हेटौंडा गएकी ती महिलाको जेठ १४ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । आरडीटी परीक्षण नेगेटिभ देखिए पनि पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनलाई भरतपुर अस्पतालमा ल्याएर उपचार गरिएको थियो । उनी र उनका श्रीमान चितवनमै रोजगारी गर्छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट