रुकुम घटनाको विरोधमा नारायणगढमा चक्काजाम

लेखराम सापकोटा
भरतपुर, १७ जेठ
दलित समुदायसँग सम्बन्धित विभिन्न संघसंस्थाले रुकुम घटनाको विरोधमा नारायणगढमा चक्काजाम गरेका छन् । रुकुममा अन्तरजातीय प्रेमको बहानामा गरिएको नरसंहारको सत्यतथ्य छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै उनीहरुले नारायणगढको शहीदचोकमा एक घण्टा चक्काजाम गरेका हुन् ।

विश्वकर्मा सेवा समिति चितवन, विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जाल, नेपाल सुनचाँदी व्यवसायी संघ चितवन, धौलागिरी–चितवन विश्वकर्मा सम्पर्क मञ्च–चितवन र तनहुँ–चितवन विश्वकर्मा समाजले संयुक्तरुपमा चक्काजाम गरेका हुन् ।

समाजमा दलितमाथि अझै पनि भेदभावपूर्ण व्यवहार गरिनेक्रम यथावत रहेकोे भन्दै सरकारको ध्यानाकर्षण गराउन बिरोधस्वरुप चक्काजाम गरिएको विश्वकर्मा सेवा समिति चितवनका अध्यक्ष बिपिन रामुदामुले बताए । बिहान १० बजेबाट ११ बजेसम्म एक घन्टा चक्काजाम गरिएको थियो ।

विक थरका युवाले मल्ल थरकी युवतीसँग प्रेम गरेको र युवती भगाउन जाजरकोटबाट दलबलसहित आएका युवाहरुलाई रुकुममा कुटपिट गरी मारेको घटनाको सर्वत्र विरोध भइरहेको छ । १९ जना युवामध्ये हराएकामध्ये ५ जनाको शव फेला परेको छ भने बाँकी एकजना अझै हराइरहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट