सालको काठ लुकाएर राख्ने एक जना पक्राउ

भरतपुर, चैत २२
इलाका प्रहरी कार्यालय टाँडीले अवैध रूपमा लुकाइ राखेको सालको काठ बरामद गरेको छ ।

प्रहरीले आज सुराकीका आधारमा कालिका नगरपालिका वडा नं ६ पाख्रिनटोल निवासी ३८ वर्षीय सन्तवीर पाख्रिनको घर पछाडी रहेको गोदामबाट सालको काठ बरामद गरेको हो । काठको आकार अन्दाजी ६७.१५ क्युबिक फिट रहेको प्रहरीले जनाएको छ ।

काठ बरामद भएपछि प्रहरीले बाबु भनिने सन्तवीर पाख्रिनलाई पनि पक्राउ गरेको छ ।

थप अनुसन्धान एवम् कारवाहीका लागि पक्राउ परेका पाख्रिन र बरामद गरिएको काठलाई समेत जिल्ला वन कार्यालयमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट