उवासंघ चितवनमा राजनीतिक हस्तक्षेप रोकःकांग्रेस

भरतपुर, २० पुस
उद्योग वाणिज्य संघ चितवनको नेतृत्वका लागि राजनीतिक हस्तक्षेप भएको भन्दै नेपाली कांग्रेस चितवनले बिरोध जनाएको छ ।

संस्थाको बिधि, बिधान र प्रचलित लोकतान्त्रिक मूल्यको अनुसरण नगरी सिमित व्यक्तिहरुले आफ्नो मनोगत उद्देश्यबाट प्रेरितरही गोलाप्रथाको माध्यमबाट नेतृत्व चयनका लागि उमेद्वारी छनोट गरिएको समाचार प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको नेपाली कांग्रेस चितवनले जनाएको छ । सभापति जीतनारायण श्रेष्ठद्वारा जारी विज्ञप्तीमा समग्र उद्योगी तथा व्यवसायीहरुको हित प्रवद्र्धनगर्ने छाता संगठनकोरुपमा रहेको उद्योग वाणिज्य संघमा दलगत हस्तक्षेप र नेतृत्व चयनमा पारिएको प्रभावले उद्योगी व्यवसायीको हित हुने अवस्था नरहेको जनाइएको छ ।

विज्ञप्तीमा विधि र पद्धतीलाई अनुसरणगरी समग्र उद्योगी व्यवसायीहरुको हक हितको रक्षा गर्न तदअनुरुपको नेतृत्व चयनका लागि सबैमा अपिल गरिएको छ ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट