चितवन उद्योग संघको अध्यक्षमा राजु पौडेल

भरतपुर, १९ पुस

चितवन उद्योग संघको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । अध्यक्षमा राजु पौडेल चयन भएका छन् । यस्तै उपाध्यक्षहरुमा त्रिलोचन कँडेल, सूर्यप्रसाद न्यौपाने, मदन घिमिरे, दुर्गाप्रसाद भण्डारी, गजेन्द्र अधिकारी, युगराज वस्ती चयन भएका छन् ।

१५ औं अधिवेसनले २७ सदस्यीय कार्यसमिति चयन गरेको हो । सदस्यहरुमा प्रतिभा श्रेष्ठ, प्रकाशचन्द्र भट्टराइृ, टंकप्रसाद उप्रेती, भोजराज खनाल, अम्बरबहादुर अधिकारी, मदन चिरञ्जी पोखरेल, विष्णुप्रसाद पौडेल, ताराबहादुर कार्की, जितबहादुर हमाल, गोपालप्रसाद गैरे, डा. प्रमोद लामिछाने, हरिप्रसाद भट्ट, दिनुपकुमार बराल, टिकादत्त अधिकारी, दण्डपाणी भट्ट, महेन्द्रबहादुर बानियाँ, पुरुषोत्तम रिजाल, रामचन्द्र अधिकारी, सुधा सुवेदी पौडेल, अमर घिमिरे छन् । १८ गतेको निर्वाचन कार्यतालिका अनुसार सर्वसम्मत चयन भएको नेतृत्वलाई शनिबार सपथग्रहण सहि पदस्थापन गराइएको छ ।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिषकुमार मोर, नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष सूर्य कँडेल लगायतले नयाँ कार्यसमितिलाई बधाई दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट