चितवन, १८ पुस
राजनीतिको आडमा संगठनको चेन अफ कमाण्डलाई लत्याएको आरोप लागेका प्रहरी उपरीक्षक (एसपी)
दानबहादुर मल्लले रमाना बुझेका छन् ।
चितवन प्रहरी प्रमुख मल्ललाई प्रहरी प्रधान कार्यालय, नक्सालले ४ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरेको थियो । तर, उनले अवज्ञा गर्दै जिल्ला छाड्न मानेका थिएनन् । बिहीबार कायाकैरनसँगको कुराकानमासमेत उनले आफ्नो दरबन्दी चितवन भएको भन्दै रमाना किन बुझ्ने भन्दै प्रतिपश्न गरेका थिए ।
बिहीबार ३ नं। प्रदेश प्रहरी कार्यालय, हेटौंडाले उनलाई १२ घन्टाभित्र रमाना बुझ्न निर्देशन दिएको थियो । दबाब बढेपछि शुक्रबार बिहान उनले ट्वाइसीलाई ‘चार्ज’ बुझाएर जिल्लाबाट रमाना लिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले बताए ।
चितवनमा एसपी गंगा पन्तको सरुवा गरिएको थियो । पन्तको सरुवामाथि भने पुनर्विचार हुनसक्ने स्रोतले बतायो । मल्ल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्वपीएसओ हुन् ।





