उवासंघमा संस्थापन एक ढिक्का:राजनीतिक ध्रुवीकरण रोक्न गोलाप्रथाबाट तोकियो उमेद्वार

भरतपुर, १७ पुस

उद्योग वाणिज्य संघ(उवासंघ) चितवनको नेतृत्वका लागि दुई जनाव्यवसायीका बिचमा कडा प्रतिष्पर्धा हुने आँकलन बजारमा गरिदै थियो । बिहीबार दिउँसो संघको वर्तमान समितिका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ र निवर्तमान समितिका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ बिचको प्रतिष्पर्धामा कसले बाजीमार्ला ? भन्ने विषयमा व्यवसायीका बिचमा गफ चल्दै थियो । एकाएकसामाजिक सञ्जालमा भाइरल हुन थाल्यो, ‘अध्यक्षमा राजु श्रेष्ठ र वरिष्ठ उपाध्यक्षमा चुननारायण श्रेष्ठलाई निर्वाचित गर्ने सहमति ।’

कसलाई अध्यक्ष बनाउने भन्ने गफ गर्दै गरेका हजारौं व्यवसायीहरुलाई दंग पार्ने यो सहमति उवासंघ चितवनका पूर्व अध्यक्षहरुको सकृयतामाभएको थियो । सहमतिका लागि राखिएको बैठकमा दुवै उमेद्वारले अध्यक्षपदमा दाबी गरेपछि गोलाप्रथाबाट पालैपालो अध्यक्ष बनाउने निर्णय गरिएको थियो । दुई उमेद्वार राजनीतिकरुपमै विभाजित बनेर मत माग्नहिडेपछि संघलाई राजनीतिबाट जोगाउन सहमति गर्नुपरेको एकजना पूर्व अध्यक्षले कायाकैरनलाई बताए ।

संघका अध्यक्ष सहनलाल प्रधानले पूर्व अध्यक्षहरु बसेर उमेद्वारीमा सहमतिगरेको स्विकार गरे । तर बाहिर निर्वाचित भएको भनेर गलत खबर गइरहेको उनले बताए । “अधिवेशन अगाडीको अवस्था हेर्दा राजनीतिक धु्रवीकरण चुलिने संभावना देखियो”, उनले भने, “यसलाई रोक्नैपर्ने थियो । हामीले सहमतिमा उमेद्वारी दिने सामान्य सहमति गरेका छौं ।” उनले संघ राजनीतिमय बनेर दुर्घटनामा जानसक्ने खतरा तत्कालका लागि टरेको दाबी गरे । “कतिपयलाई यो निर्णय अनौठो पनि लाग्न सक्छ । केहीलाई अप्रिय पनिलाग्न सक्ला”, उनले भने, “तर यो संघको हीतमा दुरगामी महत्व राख्ने निर्णय हो ।” उनले यो सहमतिले अध्यक्षका अन्य आकांक्षीलाई प्रतिष्पर्धामा आउने ढोका पनि खुलेको बताए ।

संघका निवर्तमान अध्यक्ष राजन गौतमले पनि पूर्व अध्यक्षहरुको सहमतिले संघमा राजनीति बढ्ने संभावना कम भएको बताए । “संघमा मिलेर जाने विषयमा मैले पहिले देखिनै प्रयास गर्दै आइरहेको थिएँ”, उनले भने, “बढ्दो राजनीतिकरणले जिम्मेवार व्यक्तिहरु बिच नै पानी बाराबारको अवस्थामा संघ पुगिसकेको थियो । यो अवस्था अब अन्त्य होला भन्ने विश्वास छ ।”

संघको संस्थापन पक्षको यो निर्णयले कतिपय व्यवसायीहरु भने निरास बनेकाछन् । उनीहरुले संघमा सिन्डिकेटको सुरुआत भएको भन्दै असन्तुष्टी व्यक्तगरेका छन् । सामाजिक सञ्जालमार्फत उनीहरुले निर्वाचन प्रकृया सुरु नहुँदै गरिएको निर्णयले मतदाताको अपमान भएको टिप्पणी गरेका छन् ।

संघका सदस्य सोमप्रसाद काप्रीले निर्वाचन समिति बनेर प्रकृयागतरुपमा उमेद्वारी दर्तागर्ने अधिकार सुरक्षित रहेको भन्दै केही दिन भित्रैमा आवश्यक निर्णय गर्ने बताए । उनले २ जना व्यक्तिका लागि ४ हजार ४ सय ७२ जना सदस्यहरुको अधिकार खोस्न कसैले नपाउने बताए । व्यवसायी दाताराम घिमिरेले सहमतिमानेतृत्व चयन हुन राम्रो भएपनि विधि प्रकृया मिचेर निर्वाचन प्रकृया सुरुगर्नु अघिनै अध्यक्ष घोषणा गर्नु नियम संगत नरहेको भन्दै असन्तुष्टी जनाए । घिमिरे नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष समेत हुन् ।

संघको साधारणसभा तथा अधिवेशन पुस २८ र २९ गते हुँदैछ । आज ३ बजे सम्म सदस्यता नवीकरण गर्नेहरु अधिवेशनमा सहभागि बन्न पाउनेछन् ।

अपमान गर्न खोजियो, अध्यक्षमा लड्छुःकंडेल

संघको अध्यक्षका एक जना दाबेदार विष्णुप्रसाद कंडेलले तीन जना उमेद्वार हुँदा हुँदै दुई जनालाई मात्र राखेर निर्णय गर्दा अपमानको महसुस गरेको प्रतिकृया दिए । उनले अध्यक्षका लागि दाबेदारी प्रस्तुत गर्दै आएपनिचुननारायण श्रेष्ठको प्यानलबाट वरिष्ठ उपाध्यक्ष पद पाउने अवस्थामाअध्यक्षको उमेद्वारी छाड्न तयार रहेको बताएका थिए । “तर मलाई छलफलमै सहभागि गराइएन”, उनले भने, “यो निर्णयले व्यवसायीहरुको मानमर्दन भएको महसुस गरेको छु ।” उनले संस्थापनले सहमति गरेपनि आफू अध्यक्ष पदमा उमेद्वार बन्ने बाटो खुल्लै रहेको भन्दै केही दिनभित्रैमा उमेद्वारी घोषणा गर्ने बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट