विद्युतीय मतदान, मोबाइल एपबाट अभ्यास

भरतपुर, १५ पुस
उद्योग वाणिज्य संघ–चितवनको निर्वाचन यसपटक विद्युतीय प्रणालीबाट हुने भएको छ । नेपालमै बनेको राम–लक्ष्मण भेटिङ मेसीनको प्रयोगबाट मतदान गरिने तय भएको संघका अध्यक्ष सहनलाल प्रधानले जानकारी दिए ।


गतवर्ष पोखरा उवासंघको निर्वाचनमा पनि यही मेसीनको प्रयोग गरिएको थियो । केही दिन भित्रैमा दुईवटा मेसीन संघको कार्यालय परिषरमा राखेर परीक्षण गरिने उनले बताए । साथै संघले मोवाइल एप्लिकेशनबाट पनि विद्युतीय मतदानको अभ्यास गर्ने व्यवस्था मिलाउँदै छ । अध्यक्ष प्रधानले पुस २१ गते सम्म उवासंघ चितवनका लागि आवश्यक एप्लिकेशन तयार भइसक्ने बताए । “संघलाई सूचना प्रविधिसँग नजिक बनाउँदै लैजाने अभियानअन्तर्गत विद्युतीय मेसीनको प्रयोग गर्न लागिएको छ”, उनले भने, “मोवाइल एपबाट समेत अभ्यास गर्न मिल्ने भएका कारण तयारीमा पनि सहज हुने विश्वास छ ।”
उवासंघमा ४ हजार ४ सय ७३ जना सदस्य छन् । आगामी १८ गतेसम्म सदस्यता नवीकरण गर्नेले निर्वाचनमा सहभागी बन्न पाउनेछन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट