नारायणी कलामन्दिरमा उद्धव जोशीको नेतृत्व

भरतपुर, १४ पुस
नारायणी कलामन्दिरको अध्यक्षमा उद्धव जोशी नर्वाचित भएका छन् । सोमबार भएको अधिवेशनबाट प्रतिद्वन्द्वी दीपक शाही ठकुरीलाई हराउँदै जोशी अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचनमा जोशीले ९४ तथा ठकुरीले २३ मत प्राप्त गरेका थिए । कलामन्दिरमा हाल १ सय ४० जना सदस्य रहेका छन् ।
कार्यसमितिका ११ जना सदस्यहरु भने निर्विरोध निर्वाचित भए । सदस्यहरुमा शुस्मिता श्रेष्ठ, सुशीलगोपाल न्याछों, हर्षमान श्रेष्ठ, शालिग्राम सापकोटा, सुविर श्रेष्ठ, हरीकुमार राजभण्डारी, प्रविनकुमार श्रेष्ठ, रविन्द्र रेग्मी, सनदकुमार पिया, अनुकुल श्रेष्ठ, रामशरण शिलवाल रहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट