
१३ पुस्।
गजलकार निर्दोष जीवनको पछिल्लो गजल संगीतवद्द भै सार्वजनिक भएको छ । हालै प्रकाशित निर्दोष जीवन र पदमराज ढकालको संयुक्त गजल सङग्रह `प्रिय साथी´ भित्र समावेश रहेको जीवनले लेखेको `उठाएर सडकबाट …´ गजललाई अाठ वर्षिय बालगायक ईश्वर रोकायाले अावाज दिएका छन् । रोकायाले आवाज भरेको यो पहिलो गीत हो ।
महेश विक्रम पाण्डेको सङ्गीत तथा एरेन्ज रहेको भिडियोलाई पूजा गुरुङले निर्देशन गरेकी हुन् । गीत युट्युबमा हेर्न सकिन्छ ।





