शिवनगर, २० मंसिर
लायन्स क्लब अफ चितवन सेन्ट्रल, कामना सेवा विकास बैंक नारायण शाखा र शिवनगर गरिबी निवारण साना किसान कृषि सहकारीको संयूक्त आयोजनामा शिवनगरमा एक दिने निःशुल्क स्तन तथा पाठेघर क्यान्सर शिविर सम्पन्न गरिएको छ ।

ग्रमीण क्षेत्रमा रहेका महिलाहरुलाई स्वास्थ्यको विषयमा जनचेतना जगाउने र उपचारको पहुंँचमा पु¥याउने उद्देश्यले शिविरको आयोजना गरिएको हो । शिविरमा १ सय ३० जनाले सेवा लिएको लायन्स सेन्ट्रलका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार शिविरमा ३० बर्ष देखि ६० बर्ष उमेर समुहका महिलाहरुको स्तन र पाठेघरको परीक्षण गरिएको थियो ।

शिविरमा दुईजना महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको लक्षण र ८ जनामा आङ्ग खस्ने साथै पाठेघरको मासु पलाएको समस्या देखा परेको स्त्री रोग बिषेशज्ञ डाक्टर मञ्जु पाण्डेले जानकारी दिइन् । त्यस्तै केही बिरामीको स्तनमा गिर्खा, पानीको फोकाको समस्या रहेको स्तन क्यान्सर रोग बिशेषज्ञ डाक्टर सपना भण्डारीले बताइन् । उक्त शिविरमा ५० जना महिलाको भिडियो एक्सरे जांँच गरिएको वरिष्ठ रेडियोलोजिष्ट डाक्टर सूर्य सापकोटाले जानकारी दिए ।

उक्त अवसरमा बोल्दै बैंकका क्षेत्रीय प्रबन्धक सुरेन्द्र भण्डारीले सामाजिक संस्थासँगको सहकार्यमा बैंकले काम गर्न पाउंँदा सन्तुष्टी मिलेको बताए । सहकारीका अध्यक्ष सिर्जना पाण्डेले महिलालाई लक्षित गरेर गरिएका स्वास्थ्य शिविरले स्थानीयलाई सेवा दिनुको साथै सचेतनामा वृद्धि भएको बताइन् ।
कार्यक्रममा वरिष्ठ क्यान्सर सर्जन डाक्टर गंगा सापकोटा, वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर साजन केसी, नर्स अयोध्या पाठकलगायतका स्वास्थ्यकर्मीको सहभागिता थियो ।
शिविरका लागि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, नवजीवन अल्ट्रा साउण्ड क्लिनिक भरतपुर, शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले प्राविधिक सहयोग गरेका थिए । प्रमुख अतिथि प्रकाश गुरुङ्ग रहेको कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले गरेका थिए ।





