तेज कार्की
गत २ नोभेम्बर २०१९ (१६ कात्तिक २०७६) मा गणतन्त्र भारतले महाकाली नदीको पश्चिमतिर पर्ने कालापानी, लिपुलेकलगायत भू–भाग समेटेर आफ्नो सार्वभौमसत्तामा पर्ने गरी राजनीतिक नक्सा जारी गरेको छ । सन्धि, लिखत, निर्वाचन, जनगणना, तिरो, पुराना नक्सा आदिको प्रमाण र साक्ष्यको आधारमा यो क्षेत्र निःसन्देह नेपालकै हो । भारतले नेपालजस्तो सानो देशलाई ह्याकुलोले थिच्न खोजेको छ । यो सरासर गलत र दुराशयपूर्ण छ । त्यसैले नेपालीहरू भारतप्रति क्रुद्ध भएका छन् । एकपटक खुङ्खार तानाशाह मोसोलिनीले भनेको थिए, “साना र दुर्वल राष्ट्रहरू अस्तित्वमा रहने अधिकार छैन ।” हाम्रो छिमेकी राष्ट्र भारतले मोसोलिनी जस्तै दुराशय राखेको त होइन ।
एसियाको एक पुरानो राष्ट्र नेपाल बारम्बार भारतको यस्तो हेपाहा प्रवृतिको शिकार भएको छ । विज्ञहरूलाई विश्वास नगर्ने, कुटनीतिकरूपमा सवल, सक्षम र परिपक्वता नदेखाउने, यस म्यानहरूको भर पर्ने, सतही र पब्लिक कञ्जम्सनको पछि लाग्ने प्रवृत्तिले गर्दा नेपाल विदेशीसँगको नेगोसियसनमा (वार्ता) पछाडि पर्दै गएको छ । यसको लागि नेपालको शासकहरू बढी जिम्मेवार छन् । उनीहरूले विज्ञ, स्वतन्त्र र हकी निजामती, जंगी, न्यायालय, परराष्ट्र सेवाका कर्मचारीतन्त्र विकास गर्न पहल गर्न ढिलाइ गर्न हुँदैन ।
सीमा अतिक्रमण
सिमाना कुनै मुलुकको अन्तिम भू–भाग हो । त्यहाँभित्र कुनैपनि राष्ट्रको सार्वभौमसत्ता कायम हुन्छ । राष्ट्र अस्तित्वको दार्शनिक, मनोवैज्ञानिक र गतिशिल प्रमाण सीमारेखा हो । भौगोलिक अखण्डता र स्वाधीनताको परिचय सीमा हो । त्यसैले हरेक मुलुकको सीमा संवेदनशील मानिन्छ र हो ।
नेपालको भू–भाग ७१ ठाँउमा भारतले मिचेको विज्ञहरूले बताउँछन् । तीमध्ये सुस्ता, इलामको सकन्दपुर र कालापानी, लिपुलेकमा भएका सीमा अतिक्रमण गम्भीर छन् । कुटी, याङ्दी, गुञ्जी र कालापानी काली नदीबाट पश्चिममा पर्छ । सुगौली सन्धिअनुसार यो नेपाली भूमि हो । कालापानी क्षेत्रमा ६२ वर्ग कि.मि. र लिपुलेक इलाकामा ३३५ वर्ग कि.मि. गरी करिब ३९७ वर्ग कि.मि. नेपाली भूमि मिचिएको भन्छन् विज्ञहरू । सीमा अतिक्रमणका प्रमाणहरू निम्नानुसार छन् ।
१. सन्धि सम्झौता
नेपाल र इष्ट इण्डिया कम्पनीबीच सन् १८१६ मार्च ४ मा भएको सुगौली सन्धि नै नेपाल र भारतको पश्चिम सीमा निर्धारण गरेको छ । यो सन्धिको धारा ५ ले नेपालका श्री ५ महाराजधिराज मौसूफ स्वयम्का लागि, मौसूफका उत्तराधिकारीहरू वा वारिसहरूका लागि काली पश्चिममा पर्ने देशहरूसित सम्बन्ध र सम्पूर्ण दाबीहरू परित्याग गरिबक्सन्छ । लेखेको छ (भण्डारी, २०७३ ः २३६, अतिक्रमणको चपेटामा लिम्पियाधुरा लिपुलेक) । यसरी यो सन्धिअनुसार महाकाली नदी पनि नेपालको सार्वभौमभित्र पर्छ ।
सुगौली सन्धिपछि ८ डिसेम्बर १८१६ मा पूरक सम्झौताले राप्ती र गण्डकीपूर्वका तराई पुनः नेपालले फिर्ता पायो । सिपाही विद्रोह दबाएवापत सन् १८६० मा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर भू–भाग नेपालले फिर्ता पायो (श्रेष्ठ, २०७५ः१५९ सिमानाको ज्ञान) ।
२. पुराना नक्साका आधार
वैज्ञानिक नाप र स्केलअनुसार तयार पारिएका नक्सा सिमानाका प्रमाण हुन् । पुराना नक्साहरू अध्ययन गर्दा लिम्पियाधुराबाट उद्गमित नदी नै महाकाली नदी नै पश्चिम सीमा हो ।
क) सन् १८१६ मा ब्रिटिस सम्राटका हाइड्रोग्राफरले तयार गरेको नक्साका कालीको उद्गमस्थल लिम्पियाधुरा रहेको देखाएको छ । यो नक्सा लण्डनमा प्रकाशित भएको थियो (भण्डारी, २०७३ ः ३५) ।
ख) सन् १८१९मा प्रकाशित एचष्लतभम बत तजभ कगचखभथ या क्ष्लमष्ब यााष्अभ लेखेको छ । नक्सामा लिम्पियाधुराबाट उत्पत्ति भई बग्ने नदी काली नदी देखाएको छ (भण्डारी, २०७३ ः ३६) ।
ग) सन् १८२६ को क्याप्टेन जे. डि. हर्बटले तयार गरेको नक्साले पनि लिम्पियाधुरा काली नदीको उद्गम देखाएको छ (भण्डारी, २०७३ ः ३५) ।
घ) यसैगरी सन् १८२७, सन् १८३०, सन् १८३४, सन् १८३५, सन् १८३७, सने १८४१, सन् १८४६ मा प्रकाशित नक्साहरूले लिम्पियाधुरालाई महाकालीको उद्गम देखाएको छ (भण्डारी, २०७३ ः ३६–४२) ।
घ) सन् १९६७ मा रुसी भाषामा प्रकाशित नक्साले लिम्पियाधुरालाई सुरुवात विन्दु मानेको छ (श्रेष्ठ, २०६१ नेपालको सिमाना) ।
ङ) गणतन्त्र चीनद्वारा सन् १९०३, सन् १९२१ प्रकाशित नक्सामा नेपालको पश्चिमोत्तर सीमा लिम्पियाधुरा अंकित गरेको छ ।
च) सन् १९३४ चीनको राष्ट्रिय पुस्तकालयमा जापानी भाषामा मुद्रित मातोहारुले तयार गरेको व्बउबल अयलतचय िचभनगबितभ उखत। ीतम। त्यपथय मा प्रकाशित नक्साले लिम्पियाधुरा नै महाकालीको उद्गम देखाएको छ (भण्डारी, २०७३ ः ४९) । छ) यसैगरी सन् १९१० मिति उल्लेख क्ष्लमष्बल भ्mउष्चभ बत ऋथयिल नामक नक्सामा काली नदी लिम्पियाधुराबाट उद्भव भएको लेखेको छ ।
नक्सामा फेरबदल
सुगौली सन्धिअघि र त्यसपछि सन् १९५६ सम्मका नक्सामा महाकाली लिम्पियाधुराबाट सुरु भएको देखाइएको छ । तर, तत्श्चात लिम्पियाधुराबाट निस्कने महाकालीको नाम कुटी यंक्ति राखेर लिपुभञ्ज्याङ पश्चिम गरिफू (एर्खां) मा उद्गम भएको खा यंक्ति (लिपु खोला) लाई काली भनेर नयाँ नक्सा प्रकाशित गरेको देखिन्छ । नक्सा हेरफेर गरेर सीमा अतिक्रमण सुरुवात भयो । सन् १८६५ को नक्सामा खा यंक्ति (लिपु खोला) लाई काली नदी लेखेको छ (भण्डारी, २०७३ः४३) । यो क्रमको निरन्तरता त्यसपछि प्रकाशित भएका नक्साहरूमा देखिन्छ । सन् १८७१, सन् १८७९, सन् १८८१, सन् १९२४, सन् १९३०–३१ मा प्रकाशित नक्सामा तथाकथित खा यंक्ति (लिपु खोला) लाई काली नदी नाम दिइ अतिक्रमणलाई नित्यता प्रदान गर्न खोजिएको छ । जुन राष्ट्रिय अखण्डतामा हस्तक्षेप, दुराशयपूर्ण, आपत्तिजनक छ ।
३) जलविज्ञानको आधार
वरिष्ठ हाइड्रोलोजिष्ट जगतकुमार भुसालले कात्तिक १८, २०५३ मा कान्तिपुर दैनिकमा एक लेख प्रकाशित गरी जलविज्ञानको विश्वव्यापी सिद्धान्तअनुसार महाकाली नदीको मुहान लिम्पियाधुरा भएको प्रस्ट पारेका छन् । सबैभन्दा लामो नदी, बढी जलाधार क्षेत्र ओगटेको, औसत पानीको बहावको मात्रा बढी र नदीको क्रमाङ्क बढी हुने नदी नै मूल नदी हो । यी सबै तथ्यहरूको आधारमा लिम्पियाधुराबाट निस्कने नदी नै काली नदी हो र लिम्पियाधुराको मुहान नै काली नदीको उद्गम हो ।
४) राजपत्र
सन् १९११ मा जारी अल्मोडा गजेटमा काली नदीको मुख्य स्रोत लिम्पियाधुरा क्षेत्र नेपाली भूभागमा पर्ने जनाएको छ । यसको शीर्षक ब्ीःइच्ब् ब् न्बशभततभभच ख्यगिmभ ह्ह्ह्ख् म्ष्कतचष्अत नबशभततभभचक या ग्लष्तभम उचयखष्भलअभ या ब्न्च्ब् बलम इग्म्ज् छ । यसमा लेखेको छ त्जभ प्बष् ियल तजभ भबकत जबक ष्तक तचगभ कयगचअभ ष्ल तजभ प्गतजष्–थ्बलपतष्। ध्जष्अज बातभच ष्लाबिि या तजभ प्बबिउबलष् चष्खभच तबपभक तजभ लबmभ या प्बष्।ि ‘‘।।(अन्नपूर्ण पोष्ट २०७६ मंसिर १२) ।
५) प्रशासक र आवासीय प्रतिनिधिलाई निर्देशन
ईष्ट इण्डिया कम्पनीका कार्यवाहक मुख्य सचिव जे.आदमले सन् १८१७ फेब्रुअरी ४ का दिन काठमाण्डौंमा रहेका हावासीय प्रतिनिधि एडवर्ड गार्डनरलाई पत्रमा ‘काली नदीको पूर्वमा पर्ने व्यास प्रगन्ना चौतारिया बम शाहको दाबीअनुसार नेपालको ठहरिन्छ, तसर्थ त्यो ठाँउ नेपाल सरकारका अधिकारीलाई बुझाउनू’ निर्देशन छ । यसैगरी ब्यास प्रगन्ना र त्यहाँका ब्यासी सौका मुखियाहरूले ब्रिटिस शासनअन्तर्गत रहन पाउँ भनी निवेदन दिएका रहेछन् । त्यसको जवाफमा कार्यवाहक मुख्यसचिव जे.आदमले सन् १८१७ मार्च २२ का दिन कुमाउँका कार्यवाहक कमिश्नार जी.डब्लु. टे«ललाई पत्र पठाएर ‘काली पूर्वको ब्यास प्रगन्नासहितको भूभाग सुगौली सन्धिअनुसार नेपालको भएकाले ती गाँउहरू नेपाललाई सुम्पन भनेका छन् ।’ यो पत्र कम्पनी सरकारको आधिकारीक धारणा हो । यसरी कालीपूर्वका सम्पूर्ण प्रगन्ना र गाँउको सार्वभौमसत्ता विवादरहित छ (भण्डारी, २०७३ः १९१–२०७) ।
६) जनगणना
पाका पत्रकार भैरव रिसालको नेतृत्वमा वि.सं. २०१८ सालमा जनगणना भएको थियो । उनको अन्तरवार्ता पत्रपत्रिका, रेडियो र टेलिभिजनमा प्रसारण भइरहन्छ । ब्यास क्षेत्रका गुञ्जी, नावी, कुटी, तिङ्कर, छाँगरु जस्ता गाँउहरूमा जनगणना भएको थियो ।
७) मालपोत तथा कर
मलपोत कार्यालय बैतडीमा मा छाँगरु, तिङ्कर, गुञ्जीका निवासीहरूले वि.सं. १९६२ असार १८ तथा १९९३ चैत्र २० सम्म तिरेका दुर्लभ मोठ भेटिएको छ ( भण्डारी, २०७३ः २२४) ।
८) लालमोहर–इस्तिहार र सनद
राणाकालमा जारी लालमोहर–इस्तिहार–सनदहरू गुञ्जी, नावी, तिङ्कर र छाँगरुबासीहरूसँग पुराना कागज खोतल्दा पाइन्छ (भण्डारी, २०७३, २२५–२२७) ।
माथिका साक्ष्य र प्रमाणहरूले लिम्पियाधुरा र यसको पश्चिमतर्फको ठूलो भूभाग नेपालको हो । त्यसैले करिब ३९७ वर्ग कि.मि. क्षेत्रफलमाथि भारतले कब्जा गरेको देखिन्छ । विगतका नेपालका शासक र कर्मचारीवर्गले धेरै कमी कमजोरीसमेत गरेका छन् । शासकहरू सत्ता टिकाउन दिल्ली दरबारको आशीर्वाद थाप्न पटक–पटक दिल्ली धाएको सुनिन्छ । भ्रष्टाचार, बेथिति, अराजकता, नातावाद, हरेक क्षेत्रमा राजनीतिकरण, राजनीतिक अस्थिरता आदिको कारण साम्राज्यवादी माखेसाङ्लोमा देश जाकिन लागेको छ । अतः यी सबै विकृति हटाएर देश एकजुट भई भारतको कब्जाका रहेको भूभाग फिर्ता लिन पहल गर्नु सरकार, नागरिक समाज र जनताको कर्तव्य हो ।





