पुलिस लगाएर गाँजा फाँड्नु स्रोत साधनकोे दुरुपयोगःसीडीओ

भरतपुर, २१ मंसिर
केही दिनअघि गाँजा नष्ट गर्न दर्जनौं प्रहरी लिएर जिल्लाको पहाडी गाउँहरुमा पुगेका प्रमुख जिल्ला अधिकारी(सीडीओ) जितेन्द्र बस्नेतले प्रहरी लगाएरै गाँजा हटाउँछु भन्नु सम्भव नभएको बताएका छन् ।

राप्ती नगरपालिकाको वडा नम्बर १०, ११, १२ र १३ मा गाँजा खेती बिस्तार हुँदै गएको सूचना पाएपछि बस्नेत सुरक्षा निकायका प्रमुखहरुलाई समेत लिएर गाउँ उक्लिएका थिए । उनी आफैं हतियार लिएर गाँजा फाँड्दै गरेको फोटो कायाकैरन दैनिकमा पनि प्रकाशन भएको थियो । शुक्रबार पत्रकारहरु सँग कुरा गर्दै बस्नेतले भने, “२–५ सय प्रहरी परिचालन गरेर गाँजा नष्ट गर्न सकिँदैन । यसो गर्नु स्रोत साधनको दुरुपयोग मात्रै हुन्छ ।”

उनले गाँजा खेती स्थानीयबासीबाट सामान्य रुपमा नभएको बताए । बाहिरका मान्छे आएर जग्गा भाडामा लिएर खेती गरिएको भन्दै उनले भने, “त्यहाँका स्थानीयलाई काममा खटाइएको छ । खेती गर्ने बाहिरका छन् ।” उनले गाउँ पुग्दा कोही पनि मान्छे नभेटिएको बताए ।

प्रजिअ बस्नेतले गाँजा फाँडेर उपलब्धि नभएको भन्दै यसलाई नीति बनाएर व्यवस्थित गर्नुपर्ने बताए । तत्कालका लागि गाँजा फाँड्नु एक उपाय भएपनि यो उपयुक्त उपाय नभएको उनले बताए । “स्थानीयलाई अन्य खेतीतर्फ आकर्षित गर्न स्थानीय तह जिम्मेवार बन्नुपर्छ”, उनले भने ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट